होन्डा कम्पनीले दशैं तिहारको बम्पर विजेतालाई उपहार हस्तान्तरण

बोली खबर   १५ पुष २०७८, बिहीबार २१:२१

पाल्पा, होन्डा कम्पनीले यस वर्षको दशैं तिहारमा ल्याएको बम्पर उपहारका विजेतालाइ एक कार्यक्रम गरि उपहार प्रदान गरेको छ ।
दशै तिहार भाग्यसालि उपहारमा पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई १५ लाख प्रदान गरेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको थियो ।

स्क्र्याच कुपन मार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनालाई १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेतालाई १५ लाख नगद उपहार योजना ल्याएको थियो । पाल्पा रामपुर स्थित होन्डा सोरुम एसटी आटोमोबाईल्स बाट नयाँ स्कुटर खरिदमा प्राप्त स्क्र्याच कुपनमा देशै भरका ३० हजार जना मध्ये बाट रामपुर ८ का सावित्रा श्रेष्ठले बम्पर उपहार जित्नु भएको थियो ।

उपहार रकम रामपुरमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, होन्डाका रिजिनल म्यानेजर राजाराम खनाल, सुरज बगाले, र एसटी आटोमोबाईल्सका सञ्चालक श्याम प्रसाद अधिकारी (गोपाल)ले संयुक्त रुपमा उपहार अन्तर्गत १५ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो ।

उपहार हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले देशैभर बाट सहभागी मध्ये रामपुरको नागरिकले उपहार प्राप्त गर्नु खुशीको कुरा भएको बताउँदै बधाई ज्ञापन गर्नुभयो । उहाँले पछिल्लो समय सडक विस्तार संगै सवारी साधनको संख्या बढ्दै जाँदा दुर्घटना बढ्दो क्रममा रहेकाले यस तर्फ सर्तक हुनु पर्ने बताउनुभयो ।

होन्डाका रिजिनल म्यानेजर राजाराम खनालले दशैं तिहारको उपहार योजना अन्तर्गत नयाँ मोटर साईकल तथा स्कुटर खरिदमा ३० हजार जना सहभागी भएको र सोही योजनाका विजेताहरुलाई एकै समयमा विहिबार पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो । एसटी आटोमोबाईल्सका सञ्चालक श्याम प्रसाद अधिकारी (गोपाल)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोविन्द प्रसाद भट्टराईले गर्नु भएको हो ।

यो योजना अन्तर्गत प्रदेश १ बाट रविना चौधरी विजेता, प्रदेश नम्बर २ बाट रामप्रकाश यादव, बागमती प्रदेशबाट अनिना मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अनप्रसाद काफ्ले, कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारुले नगद १ लाख रुपैयाँ उपहार प्राप्त गरेका छन् । होन्डाले यस योजना अन्तर्गत होन्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले ७ वर्षको लागि स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होन्डा बिग बाइक खरिद गर्ने सबैले ४० हजार रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गरेका छन् । होन्डाले यो योजना गत भाद्र २७ देखि मंसिर १४ सम्म लागू गरेको थियो ।