ऐन र नियमावलीले सामुदायिक बनलाई गोठालो बनायोः अध्यक्ष भारती पाठक

बाेली खबर   १६ पुष २०७८, शुक्रबार ०३:४३

रामपुर, सामुदायिक बन उपभोक्ता महासघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक बनकाहरु माथी सरकारको दादागिरी बढेको भन्दै गरीब दुखि र निमुखा माथि मात्रा सरकारको दादागिरी रहेको बताउनु भएको छ । उहाँले बन ऐन र नियमावलीले सामुदायिक बनलाइ गोठालो मात्र बनाएको भन्दै कुनै पनि कम्पनि व्यापार व्याबसायि गर्ने व्याक्तिले त दोहोर कर तिर्नु पर्दैन तर बन बिसुद्ध नाफा रहित सस्था जुन प्रत्यक्ष बनमा आश्रति गरिब र निमुख हरुको प्रतिनिधित्व गरेको ठाउमा ३ वटै सरकारलाइ कर तिर्नु परेको बताउनु भएको छ।

सरकारले संविधानलाई मिचेर ऐन, नियमावली मार्फत सामुदायिक वनका उपभोक्ताहरु माथि अंकुश लगाउने प्रयास गर्दै आएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ पाल्पाको आयोजना र स्थानीय महासंघ रामपुरको व्यवस्थापनमा रामपुरमा भएको सामुदायिक वनको सुनिश्चितताको लागि अन्तर संवाद कार्यक्रम बोल्दै पटक पटक उपभोक्ता माथि भार थोपर्ने गरी काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ संविधानलाई मिचेर ऐन, ऐनलाई मिचेर नियमावली ल्याईरहेको छ ।’ उहाँले सरकारले पछिल्लो समय प्रस्ताव गरेको सामुदायिक वन नियमावली उपभोक्ताको पक्षमा नरहेको बताउँनुभयो र गलत क्रियाकलापहरुका विरुद्ध खबरदारी गर्दै आएको बताउनुभयो । वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समुहले साथ दिदै आए पनि अहिले आएर विभिन्न अप्ठ्यारा सृजना गरेको बताउनुभयो । संघिय सरकारले वैज्ञानिक वन खारेज गरे पनि लुम्बिनी प्रदेशमा सोही कार्यक्रम ल्याउन लागेको, साथै प्रदेशले करको भार थोपर्न लागेको भन्दै यस्ता प्रस्ताव उपभोक्ताको पक्षमा नरहेकाले सचेत रहन आग्रह गर्नुभयो । महासंघले मुलुकको परिवर्तनमा अग्रभागमा रहेर लाग्दै आएको बताउँदै महामारी र विपद्मा सामुदायिक वनहरु स्वतस्फूर्त लाग्दै आएको उल्लेख गर्नुभयो । वनको निती निर्माणमा प्राविधिक तथा कर्मचारीहरुले उपभोक्ता लाई वेवास्त गरी प्रभावि पार्ने काम गरेको आरोप लगाउनुभयो ।

बनको दीगो व्यबस्थापनका लागी अधिकार उद्यमशीलता र ससक्त संगठन समृद्धिको आधार भन्ने नारा सहित सामुदायिक बनको सुनिश्चितताको लागि अन्तर सम्बाद कार्यक्रम बिहिवार पाल्पाको राम्चे सामुदायिक बनको सभा हलमा भएको हो ।

बन महासंघ रामपुरका नगर अध्यक्ष मित्रा ढकालको स्वागत बाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य युबराज खनाल संरक्षण र सम्बर्द्धन गर्न गर्दै बन जनता सङ जोडिएको र जोडिदै गरोस शुभकामना भन्दै पर्या पर्यटनमा जोड दिदै आर्थिक समृद्धि सङ्ग बनलाइ जोड्दै लैजानु पर्नेमा जोड दिनु भएको छ ।

उपप्रमुख बिष्णु देबि आचार्य घिमिरे, बन महासङ्घका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ , हेमवन्ति नेपालका केन्द्रिय सदस्य दुर्गा देबि राना ,नेकपा एमाले जिल्ला कमिटि सदस्य रामपुर इन्चार्ज राजु प्रसाद श्रेष्ठ ,उद्योग वाणिज्य महासंघ रामपुर अध्यक्ष भोजेन्द्र प्रकास ढकालले आफ्नो भनाइ राख्नु भएको हो।

,सब डिभिजन बन कार्यालयका सहायक बन अधिकृत सुजन राज भण्डारी काठ दाउरा निकाल्न गाह्रो भन्नु हुन्छ यस्लाइ निति र बिधि गत आउदा आफ्नो निजि बन काट्न पाइन्छ तर लाल पुर्जा भन्दा बाहिरका राष्ट्रिय बन हो यसलाइ काट्न पाइदैन भन्दै बरु मिलेर यस्लाइ सामुदायिक बनाउ भन्नु भएको छ ।

त्यस्तै गरि घिरिङ गाउँपालिकाका बन महासंघका अध्यक्ष राम प्रसाद श्रेष्ठ ,निजिबन पाल्पाका जिल्ला अध्यक्ष छबि खनाल ,राम्चे सामुदायिक बनका अध्यक्ष दयाराम गैरे लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ पाल्पाका अध्यक्ष निरञ्जन भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पाल्पा, गुल्मी इन्चार्ज कृष्ण प्रसाद श्रेष्ठले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला महासंघ पाल्पाका कोषाध्यक्ष लक्ष्मी ज्ञावली र स्थानीय महासंघ रामपुरका सचिव लक्ष्मी थापाको सञ्चालनमा भएको हो । कार्यक्रममा सहभागी विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले आफ्ना जिज्ञासा राखेका थिए ।