
पाल्पा, भानुभक्त माध्यमिक विद्यालय रामपुर १० गेझा बर्दले पाल्पाले स्थापनाको ५९ औँ बार्षिक उत्सव तथा अविभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो ।
विद्यालयका शिक्षक रिङ कुमारी खाम्चाको स्वागत बाट शुरु भएको वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद युवराज खनाल रहनु भएको हो । साम्सद खनालले बोल्दै यस क्षेत्रको शैक्षिक विकासका लागी विद्यालयले खेलेको भुमिकाको प्रशंसा गर्र्दै विद्यालयको सर्वाङ्गिण विकासका लागी सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले विद्यालयले आगामी दिनमा समय सुहाउदो शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यालयको विकासका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै गुणस्तरिय शिक्षाका लागी सबैले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद भद्र बहादुर थापा,रामपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहा, व्यवस्थापन समितिका सदस्य भगवान अधिकारी, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द प्रसाद भण्डारी, नेकपा एमाले रामपुर १० का वडा कमिटी अध्यक्ष टंक प्रसाद खनाल, नेपाली काँग्रेस रामपुर १० का प्रतिनिधि तेज प्रसाद अधिकारीले बोल्दै विद्यालयलाई प्रगतिको शुभकामना दिनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल प्रसाद देवकोटाले विद्यालयको २ करोड ३० लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक उत्सवका अवसरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण द्वारा निर्मित ४ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका शिक्षक रिङ कुमारी खाम्चाको स्वागत बाट शुरु भएको थियो । कार्यक्रमको संचालन शिक्षक मोहनीलाल भण्डारीले गर्नु भएको हो । बार्षिक उत्सव समापन कार्यक्रमका अवसरमा विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृति वितरण गरिएको थियो ।भने रमाइलो सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे । कार्यक्रमको जानकारि प्रअ सुनिल देबकोटा
फोटो बिष्णु प्रसाद रेग्मि