रामपुर नगरपालिका वडा नं. ६ले न्यानो कपडा वितरण

बोली खबर   १६ पुष २०७८, शुक्रबार ०४:३४

रामपुर नगरपालिका वडा नं. ६ मा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । वडा स्तरिय अपाङ्गता समन्वय समितिको आयोजनामा वडा भित्रका २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा अन्तर्गत फाईवर सिरक वितरण गरेको हो ।

वडा कार्यालयमा एक कार्यक्रम गरी अपाङ्गता सहायता सामाग्री वितरण कार्यक्रम अन्तर्गत सिरक वितरण गरेको हो । कार्यक्रममा सिरक वितरण गर्दै रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणका लागि वडा प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले चिसो बढेकाले सजगता अपनाउन बडाबासीहरुलाई आग्रह गर्नुभयो । वडा लक्षित कार्यक्रम अन्तर्गत ५० हजार रकम बिनियोजन गरिएको थियो ।

नेकपा एमालेका जिल्ला सदस्य सागर प्रसाद देवकोटा ,कार्यक्रममा नेपाली कांग्रेस रामपुर ६ का सभापति गोविन्द देवकोटा, राष्ट्रिय जनमोर्चा रामपुरका नगर कमिटी सचिव राम प्रसाद गैरे र अपाङ्गता भएका व्यक्तिहरुको उत्थानमा लाग्दै आएका अभियन्ता पिताम्बर भट्टराईले जाडोको समयमा समितिले चालेको कदमको प्रशंसा गर्नु भएको थियो । कार्यक्रम वडा स्तरिय अपाङ्गता समन्वय समितिका संयोजक जगन्नाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समन्वय समितिका सचिव रामचन्द्र ढुङ्गानाले गर्नुभएको जानकारी बासुदेब ढकालले दिनु भएको छ ।

फोटा अभियानता पिताम्बर भट्टराई