
पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । शनिबार महिला तर्फ २ खेल र पुरुष तर्फ २ खेल भएको छ । महिला तर्फ पहिलो खेल रामपुर नगरपालिका ५ बेझाड र मटेरि बिच भएको हो ।जसमा मटेरिले १का विरुद्ध दुई सेटले जितेको छ । त्यस्तै महिला तर्फ दोस्रो खेल निस्दि ५ गल्धाको समुहले जितेको छ । गल्धा र चापाकोट नगरपालिका निच भएको खेलमा गल्धाले २ खेल जितेको हो ।
त्यस्तै शनिबार भएको पुरुष तर्फको खेलमा चापाकोट नगरपालिका बङ्ग्रादि र चापाकोट नगरपालिका पटसार भएको थियोे जसमाबङ्ग्रादिले १ का बिरुद्ध २ सेटले जित हात पारेको छ । पुरुष तर्फको दोस्रो खेल चापाकोट २ को समुह र चापाकोट न्यु भिजन मोहमि बिच भएको थियो । जसमा चापाकोट २ ले १ को विरुद्ध २ सेटले जितेको छ ।
मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको थियो । प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल स्वास्थ्य संगै व्यक्तिको अनुसाशन र सृजनशिलताको लागि अपरिहार्य रहेको बताउनुभयो । युवाहरुले खेलकुदको उत्थानको लागि चालेको कदमको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिका युवाहरुको उत्थानको लागि प्रतिवद्ध भएर लागि रहेको बताउनुभयो ।
प्रतियोतिमा विभिन्न स्थानमा महिला तथा पुरुष समुहको सहभागीता रहेको छ ।
खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भैरहेको छ । प्रतियोगितामा शुक्रबार आयोजक र समाज सुधार युवा क्लव तिलकपुर विच मैत्री पूर्ण खेल भएको थियो । प्रतियोगिता अन्तर्गतका खेल शनिबार विहान १० बजे बाट खेल सुरु भएको छ ।