नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र पालिका भरी प्रतिनिधि चयन

बाेली खबर   १७ पुष २०७८, शनिबार २१:००

पाल्पा, नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । यही पुुस २३ गते तानसेन नगरपालिका–९ मदनपोखरास्थित तिन्टीआँपमा अधिवेशन आयोजना हुने भएको हो । अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीय प्रतिनिधिहरु छनौट हुदैछन् । नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार पाल्पाका १० वटै स्थानीय तहहरुबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधहरु छनौट हुनेछन् । पूर्व अध्यक्ष देवी प्रसाद बस्यालका अनुसार प्रतिनिधि छनौटमा जिल्लाका १० स्थानीय तहहरुबाट २ सय वढी प्रतिनिधिहरु छनौट हुनेछन् । ती प्रतिनिधिहरुले पौष २३ गते सम्पन्न हुने जिल्ला अधिवेशनमा पधादिकारीहरु छनौट गर्नेछन् ।

आसन्न जिल्ला अधिवेशनमा नयाँ पधादिकारीहरु चयन हुनेछन् । यो समाचार तयार पार्दासम्म ५ जना जिल्ला अध्यक्षको आकांक्षीहरु देखिएका छन् । नेकपा एमाले पाल्पाका वर्तमान जिल्ला अध्यक्ष नारायण आचार्य अध्यक्षको दौडमा हुनुहुन्छ ।
त्यस्तै रामपुर नगरपालिकामा पनि शनिबार शहिद बहुमुखि क्याम्पसमा नेता कार्यकर्ताको भेला बसेको छ ।भेलाले ३७ जना प्रतिनिधि सर्ब सम्मत चयन गरेको स्रोतले जानकारी दिएको छ । भेला प्रमुख आतिथ्यता लुम्बिनि प्रदेश का प्रदेश साम्सद युबराज खनालले गर्नु भएको थियो । नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठले अन्तरपार्टि निर्देशनका बिषयमा जानकारी दिदै प्रतिनिधि छनौट को आधारका बिषयमा जानकारि दिनु भएको थियो ।

भेलामा नगर उपाध्यक्ष तोयानाथ सारुले स्वागत गर्नु भएको थियोे भने अध्यक्षता नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मिले र सन्चालन सचिब कृतिनाथ श्रेष्ठले गर्नु भएको हो ।
जिल्ला अधिवेशन मूल आयोजक कमिटी र स्थानीय तहहरुबाट छनौट हुने प्रतिनिधिहरुले जिल्ला अध्यक्ष सहितका पधादिकारीहरु चयन गर्ने नेकपा एमाले पाल्पाले जनाएको छ । जिल्ला अध्यक्षमा ५ वढी आकांक्षीहरु भएपनि सर्वसम्मत गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ । तत्कालिन नेकपा विभाजित भई नेकपा एमाले भएपछी असन्तुष्ट पक्षहरु नेकपा समाजवादी पार्टी गठन गरी गइसकेकोले नेकपा एमाले भित्र विवाद नरहेको नेताहरुले बताएका छन् । आसन्न ४ वटै तहहरुको निर्वाचनलाई मध्यनजर गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।