पाल्पाको लघुवामा बस दुर्घटना ७ जनाको ज्यान गयो

बोली खबर   १८ पुष २०७८, आईतवार १२:११

पाल्पा, पौष १८ पाल्पामा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ । घाईतेहरुको उद्धार जारी छ । रुपन्देहीबाट शव बोकेर रिडिका लागी छुटेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना हुदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बसमा ३५ बढी मलामी रहको स्थानीयले जनाएका छन् । दुर्घटनाको थप जानकारी आउन बाकी छ ।