
पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ ।
आइतबार भएको खेलहरुमा मुनस्टार बि र बिरुवा गाउँपालिका चिन्नेबास बिच भएको खेलमा चिन्नेबासले सोझो सेटमा जित हात पारेको छ ।
दोस्रो खेल निस्दि गाउँपालिका गल्धा र चापाकोट दामाचौर बिच भएको खेलमा गल्धा बिजय भएको हो ।
तेस्रो खेल रामपुर ५ भम्बक युनाइटेड र रामपुर २ बिच प्रतिस्पर्धा भएको हो ।जसमा रामपुर २ को समुह सोझो सेटमा जित हात पारेको छ भने चौथो खेल
तनहु घिरिङ १ र नवलपरासी डमरा बिच भएको खेलमा घिरिङले दोश्रो खेलका लागि आफुलाइ सुरक्षीत गरेको प्रचार बिभाग सम्योजक देबराज पङ्गेनिले जानकारि गराउनु भएको छ ।
आइतबार आज महिला तर्फको खेल भने हुन सकेन ।
मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको थियो । प्रतियोतिमा विभिन्न स्थानमा महिला तथा पुरुष समुहको सहभागीता रहेको छ ।
खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भैरहेको छ । प्रतियोगितामा शुक्रबार आयोजकले बिच बिच मा नृत्यबाट समेत मनोरञ्जन दिइरहेको छ ।प्रतियोगिता अन्तर्गतका खेल आइतबार विहान १० बजे बाट खेल सुरु भएको छ ।