
रानिबन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहको ३१ औं उपभोक्ता भेला सम्पन्न भएको छ।
रानिवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेम बहादुर पोखरेलको अध्यक्षता र रामपुर नगरपालिकाको उप- मेयर बिस्णु देबि घिमिरे आचार्य को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।
पुर्ब समितिको तर्फबाट पुर्ब अध्यक्ष हाल सल्लाहकार सदस्य डिल बहादुर कौशी , थर्क बहादुर राना, पुर्ण बहादुर थापा,वनका पुर्ब सचिब हाल सदस्य हमिद अलि, मकबुल मिया , सिमा देबि राना, वन महासंघ रामपुर नगर सचिब लक्ष्मी थापा क्षेत्री , रानिवन तथा वडभान सामुदायिक वन उपभोक्ता समुहको सह – सचिब सन्जु परियार लगाएत सम्पुर्णले वन र त्यस्बाट प्रत्यक्ष रुपमा उपभोक्ताले लिएका लाभ संगै संरक्षण र सम्बर्द्धन प्रती ध्यान पुर्याउनुपर्ने त्यस्का लागि सबैको जिम्मेवारी रहेको जस्ता भनाइ हरु राख्नुभएको थियो भने उपभोक्ता भेलाको एजेन्डा अध्यक्ष ज्युले र वनका हालसम्मको आर्थिक आय ब्यय काेषाध्यक्ष मोहन सि रानाले प्रस्तुत गर्नुभएको थियो।
रानिवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहको उपाध्यक्ष सुमन थापाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब जुनु शेखले गर्नुभएको थियो ।