
पाल्पा, रम्भा गाउँपालिका ६ हेक्लाङ्मा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउदै गरेको जिप सालबासमा दुर्घटना भएकाे हाे । लु १ ज २६०७ नम्बरको जीप दुर्घटनामा परेर पाँच जना घाइते भएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार जीप बाटोबाट करिब १ सय मिटर तल खसेको छ । घटनामा १ जना गम्भिर घाइते भएको र घाइतेलाई उपचारको लागि तानसेन मिसन अस्पतालमा ल्याइएकाे छ ।
घटनास्थलमा स्थानीय र प्रहरीकाे सहयाेगमा उद्धार गरिएकाे थियाे । सडकमा रहेको खाल्टोमा परि स्ट्रिङ्ग फेल हुँदा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये पूर्बखोला ६ हेक्लाङ्गका बर्ष २८ का पूर्ण बहादुर फालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।
अन्य घाईतेमा सोहि स्थानका बर्ष १९ का चिरन्जीबि सारु,बर्ष २९ का प्रेम सिंजाली,बर्ष ३० का टेक बहादुर पल्ली र सोहि स्थानकै बर्ष ४६ की पबिसरा सारु रहेको प्रहरीले जनाएको छ । पाल्पाकै लघुवामा हिजो मलामी बोकेको बस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो ।