
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्ंथा लिमिटेड रामपुर पाल्पाको २३ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा बोल्दै सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालले अहिले नेपालमा २९हजार आठसय ८६ सहकारी भएको बताउदै अन्धकार मुक्ती बचत तथा ऋण सहकारी संस्थाले गरेको कामको प्रशंसा गर्नु भएको छ । उँहाले संस्थाले सबै आर्थिक कारोबार आधिकारी गर्नु पर्छ भन्दै शुभकामना दिनु भएको छ ।
साथै उँहाले अहिले सहकारी विभागले सहभागिता र सदस्यतामा बढि ध्यान दिएको बताउदै ७२ सय महिला सदस्य रहेको सहकारीमा अहिले पनि ५६ प्रतिशत मात्रै महिलाले बचत गरेको र ११ सय ३० जनाले मात्रै बालबचत गरेको हुँँदा अव सबै लाइ चेतनाको विकास गरी बच्चा जन्मीने वित्तीकै बचत गर्नु पर्छ भन्ने सन्देश लिएर गाँउ गाँउमा जानु पर्ने बताउनु भयो । नेपालकै लघुवित्त तर्फ उत्क्रृष्ठ सहकारीको रुपमा पुरस्कृत भएको सहकारी अझ प्रगतिको शुभकामना दिनु भएको छ ।
सस्ंथाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्क्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सहकारी संघका महासचिव ऋषिराम सापकोटाले बोल्दै २०५५ सालमा २८ जना शेयर सदस्य बाट व्याक्तिको घरबाट शुरु भएको सस्ंथा अहिले पाल्पा जिल्ला भरि नै सेवा विस्तार गर्न सफल भएकोमा खुशि व्यक्त गर्नु भयो ।
सस्ंथाले ४ वटा सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । सस्ंथामा ९ हजार ७ सय १७ जना शेयर सदस्य आबद्व भएका छन् भने सस्ंथाले २३ बर्षको आरोह अवरोह पार गर्दै १ अर्व २६ करोडको कारोबार गर्दै आयको छ । कार्यक्रममा पुर्व अध्यक्ष तिर्थ प्रसाद पङ्गेनि ,सस्ंथाका सल्लाहकार शुकदेव पोखरेल,दयाराम भट्टराई , नेत्र प्रसाद भट्टराई, भोजेन्द्र प्रकाश ढकाल, पुरस्कृत शेयर सदस्य लेखनाथ पोखरेल,शेयर सदस्य दुर्गा प्रसाद भट्टराई ,मनोरथ भट्टराई लगायतले बोल्नु भएको हो । कार्यक्रममा सस्ंथाका लेखा सुपरिवेक्षण समिति सदस्य रामप्रसाद ढकालले बोल्दै सस्ंथा जन्मिनु ठुलो कुरा होईन सस्ंथालाई दिगो बनाउनु दायित्व हो भन्नू भयो । सस्ंथाले स्थापना दिवसको अबशरमा विभिन्न शिर्षक मा ४१ जना शियर सदस्य पुरस्कृत गरेको छ । सस्थांका व्यवस्थापक दिपेन्द्र प्रसाद पौड्यालले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको कार्यक्रममा स्वागत सस्ंथाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले गर्नु भएको हो । कार्यक्रममा संस्थाका सह सचिव यमप्रसाद श्रेष्ठले धन्यबाद दिनुभएको कार्यक्रमको संचालन संस्थाका सचिव ओमपं्रकास बस्यालले गर्नु भएको हो । कार्यक्रम संस्थाको आफ्नै सभाहलमा संचालन भएको थियो ।