
पाल्पा, रामपुर नगरपालिका ६ दुर्गा मन्दीर टोल शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ ।
मंगलबार भएको खेलहरुमा पहिलो राउण्डको अन्तिम खेल आज जागरण गैडाकोट र डुम्रीबेशी तनहुँ विच भएको खेलमा जागरण गैडाकोटले सोझो सेटमा जित हात पारेको छ ।
दोस्रो चरणको पहिलो खेल रामपुर ७ किसानबारी र समाज सुधार तिलकपुर विच भएकोमा किसानबारीले सोझो सेट जितेको छ । दोस्रो खेल चापाकोट २ र जागरण गैडाकोट विच भएकोमा जागरणले सोझो सेट जितेको छ ।
तेस्रो खेल विरुवा चिन्नेबास र निस्दि गाउँपालिका गल्धा ५ बिच भएको खेलमा गल्धाले सोझो सेट बिजय भएको हो । चौथो खेल खेल रामपुर ५ भम्बक युनाइटेड र रामपुर २ बिच प्रतिस्पर्धा भएको हो ।जसमा रामपुर २ को समुह सोझो सेटमा जित हात पारेको छ भने चौथो खेल चापाकोट बंग्रादि र रजघरा विच भएकोमा रजघरा रामपुर ३ ले सोझो सेट जित हात पारेको छ । रामपुर २ र आयोजक विच पाचौँ खेल भएको हो जसमा रामपुर २ ले सोझो सेट जित हात पारेको छ ।
त्यस्तै आज महिला तर्फको पनि खेल भएको छ जसमा रामपुर १ स्याउलि वजार र आयोजक मुन स्टार विच भएकोे हो । जसमा स्याउलि वजारले १का विरुद्ध २ सेट हात पारी दोस्रो राउण्डका लागि आफूलाई सुरक्षित गरेको अध्यक्ष राजन आलेले जानकारी दिनु भएको छ ।
मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको थियो । प्रतियोतिमा विभिन्न स्थानमा महिला तथा पुरुष समुहको सहभागीता रहेको छ ।खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भैरहेको छ । प्रतियोगितामा मंगलबार आयोजकले बिच बिच मा नृत्यबाट समेत मनोरञ्जन दिइरहेको छ ।प्रतियोगिता अन्तर्गतका खेल बुधबार विहान १० बजे बाट खेल सुरु भएको छ ।