रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बार्षिक साधारण सभा सम्पन्न

बोली खबर   २१ पुष २०७८, बुधबार २०:३८

पाल्पा, रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन समुद्घाटन कार्यक्रम न्यु श्रीनगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा रहनु भएको हो । प्रमुख अतिथि शर्माले बोल्दै निजि क्षेत्र सहकारी क्षेत्र र राजनीति क्षेत्र सबैले बिकास नै चाहान्छ सबै ले आफ्ना नागरिक खुसी र इलमि होस भन्ने चाहान्छौ यसको तरिका मात्र फरक हो भन्नु हुदै आर्थिक समृद्धि का लागि गन्तव्य लिएको छु मेरो गन्तव्य समृद्धिको गन्तव्य हो भन्दै पर्यटनका लागि गन्तव्य बनाउन सकिन्छ। पर्यटन प्रबर्द्धन गरि आर्थिक समृद्धिको आधार तयार गर्नु पर्ने अबको आबस्यता हो रामपुरले पर्यटन मैत्री शहर बनाइ उन्नतिको खाका कोर्नु पर्ने बताउनु भएको छ । उहाँले एक फरक प्रसङ्गमा राजनीति गर्नेले व्याबसाहि गर्न आबश्यक रहेको जसले गर्दा अनियमितता कम हुने समेत बताउनु भएको छ ।

बाणिज्य उपाध्यक्षमा दुर्गा प्रसाद भट्टराई को स्वागतबाट सुरु भएको कार्यक्रममा अध्यक्षको प्रतिबेदन संघका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले प्रस्तुत गर्नु भएको छ । कार्यक्रमका अध्यक्ष ढकालले नेपाल सरकारको लक्ष्य समृद्धि नेपाल सुखि नेपालि बन्ने नारालाइ साकार पार्न यस क्षेत्रको जनतालाइ समृद्ध र सुखि बनाउन कृषि पर्यटनलाइ प्रोत्साहन गर्ने , पर्यटन व्याबसायको सम्भाव्यता अध्ययन गरि जिबन र जललाइ जोडि कालीगण्डकीमा र्‍याफि्टङ सन्चालनको पहल, आयात र निर्यातलाइ सहज बनाउन भारतको महेशपुर भन्सार र कालीगण्डकी करिडोर जोड्ने र रामपुरलाइ पर्यटन सङ्ग जोड्ने यहाँको कला सस्कृति भेषभुषा संरक्षण गर्दै औद्योगिक क्षेत्र बनाउने उद्धेश्य बोकेको बताउनु भएको छ ।

रामपुर नगरपालिका उपप्रमुख बिष्णु देबि घिमिरे आचार्यले बोल्दै नगर र बाणिज्य संघ मिलेर सहकार्य गर्दै रामपुरको बिकास गर्नु पर्ने बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासङ्ग लुम्बिनि प्रदेश उद्योग बाणिज्य उपाध्यक्ष भिम बहादुर श्रेष्ठ ,लुम्बिनि प्रदेश महिला उद्धमि बिकास समिति सदस्य रन्जना अर्यालले उद्योग बाणिज्यले महिला लाइ व्याबसायिक बनाउदै लैजानु पर्ने बताउनु भएको छ ।

त्यस्तै गरि कार्यक्रममा संघका सल्लाहकार राजु प्रसाद श्रेष्ठ , हुमनाथ न्यौपाने , नेत्र भट्टराई ,फणेस्वर गौतमले बोल्दै रामपुरलाइ कुन दिसामा लैजाने भन्ने निजि क्षेत्रको हात रहेको भन्दै अन्न भण्डारको रुपमा रहेको गण्डकी बेशी उर्बर भुमि रहेको यसको उपभोग गर्न लाग्नु पर्ने आयमुखि अर्थतन्त्र निर्माण गर्न लाग्नु पर्ने बताउनु भएको छ ।

संघका सल्लाहकार कमलराज भट्टराई , कृषि उपजलाइ बजारीकरण गर्न सहयोग गर्नु पर्ने बताउनु भएको छ ।नेपाली काङ्ग्रेस रामपुरका उपाध्यक्ष ज्ञान प्रसाद भण्डारी ,नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मि , एकीकृत समाजबादिका रामपुर नगरउपाध्यक्ष रामप्रसाद भण्डारी, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार ,जनमोर्चा नेपाल प्रतिनिधि रामप्रसाद गैर ,रामपुर साना शहरी खानेपानी आयोजनाको उपाध्यक्ष हजिल दिन मियाँ ,अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष सागर प्रसाद देबकोटा सन्चारकर्मि बन्दना पोखरेल लगायतले आफ्ना कुरा राख्नु भएको हो । कार्यक्रममा धन्यवाद उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले दिनुभएको हो भने कार्यक्रम सन्चालन महासचिब पुरुषाेत्तम केसिले गर्नु भएको हो । हाल रामपुर उद्योग बाणिज्य संघमा ६सय६६ जना सदस्य आबद्ध रहेका छन । जसमा ९१ जना महिला र ५ सय ७५ जना पुरुष सदस्य रहेको छ ।