अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण

सन्जु परियार   २१ पुष २०७८, बुधबार २०:५१

रामपुर नगरपालिका वडा नं.४ भित्रका “क” र “ख” कार्ड भएका फरक क्षमता अन्तर्गत (अपाङ्ग) २० जनालाई आज न्यानो कपडा बितरण गरिएको छ।

ओम ब.रानाको अध्यक्षतामा अपाङ्ग सदस्यको जेस्ठ सदस्य शमसेरदिन मियाँको प्रमुख आतिथ्यतामा फरक क्षमता भएका वडा बासिहरुलाई न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको हो।

अपाङ्ग समन्वय समिती रामपुरका संयोजक युवराज रेग्मी ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका स- सचिब हमिद मिया , वडा न.४ का अपाङ्ग समितिका संयोजक बल ब पोख्रेल र कालिका मा . बि . का शिक्षक ज्ञान ब दर्जी लगायतले समाजभित्र आवद्ध हाम्रा घर परिवारका सदस्य हरु फरक क्षमता भएतापनी उनिहरु पनि देश अनि समाजकै अभिन्न अङ्ग हुन जस्लाइ दुव्र्यवहार होइन माया , सामिप्यता अनि समानताको नजरले हेरि अपाङ्ग भनी भेदभाव रुपि नजरले नहेरी उनिहरुको बौद्धिकता बढाउने तर्फ सबैलाइ आग्रह समेतका भनाइहरु राख्नुभएको थियो।

रामपुर नगरपालिका वडा न .४ का वडा सदस्य तिर्थ ब थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन वडा सदस्य पार्वती परियारले गर्नुभएको हो।