
पाल्पा, पूर्व मन्त्री तथा नेकपा एमाले संघिय सांसद दल बहादुर रानाले निर्भाहमुखी कृषि मात्रै गरेर हुदैन आधुनिकीकरण तथा ब्यवसायिकीकरण हुनुपर्ने बताएका छन् । उर्वराभूमी पाल्पालाई कृषि क्रान्ति रुपमा लैजानु पर्ने जरुरी रहेको बताएका हुन् ।
नेकपा एमाले को नवौ अधिवेशनलाई सम्बोधन गर्दै सांसद रानाले हामी सरकारका हुदाँ देशको रुप फेर्न सक्ने योजनाहरु ल्याएका थियाैं तर त्यो सबै योजनाहरु अहिलेको सरकारले गुम्राहमा बदालियो । रेल मार्ग तथा सुरुमार्गको कुरा केपी ओलीको सरकार हुदाँ योजना ल्याऔं सिद्धबाबाको सुरु मार्गको लागि टेन्डर भइसकेको छ ।
प्रत्येक गाउँपालिकामा १/१ वटा प्राविधिक शिक्षा, प्रत्येक गाउँपालिकाकामा १५ शैयाको अस्पताल, प्रत्येक निर्वाचन क्षेत्रमा एउटा कालोपत्रे बाटो, प्रत्येक स्थानीय तहमा एक वटा खेलमैदान निर्माण भईसकेको केही ठाउँका निर्माण भईरहेकोे बताएका छन् ।
प्रधानमन्त्री स्वरोजगार अन्र्तगत हरेका तहमा योजनाका कामहरु भइरहेका छन् । मुख्यमन्त्री युवा स्वरोजगार कार्यक्रमले स्थानीय स्तरमा टेवा पुगेको बताएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल विशेष कारणले आउन सक्नु भएन । कालापानीमा नेपाली सेन हुनु पर्ने हो, केपी ओली प्रधानमन्त्री हुदाँ नक्सा प्रकाशित गरेपनि साेचे जस्ताे अहिले सरकारले त्यो काम गर्न सकेन ।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेताहरू ठानेश्वर बस्याल, सिर्जना काफ्ले, ठाकुर गहिरे र राधाकृष्ण कँडेललगायतले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनमा जिल्लाभरबाट ७ सय बढी प्रतिनिधि, पार्टीका कार्यकर्ता, मतदाता तथा स्थानीय बासिन्दाको सहभागिता रहेको छ ।