नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन

बोली खबर   २४ पुष २०७८, शनिबार १७:०१

२४ पौष –

नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन नगरकमिटि अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो ।