
नेपाल निजामती कर्मचरी संगठन जिल्ला कार्य समिती पाल्पाको ११ औ अधिवेशन भयको छ ।
जनता मा बि तानसेनको सभा हलमा भयको अधिवेशन को प्रमुख आथिती नेपाल निजमती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनी ले उद्घटन गर्दै यश संगठनले सरकार समक्ष पेस गरेको निजामती सेवा येन सम्सद बाट पास गरि लागू हुन सके संघीय निजामती प्रदेश निजामती कर्मचारी तथा अस्थायी कर्मचारी ,करार कर्मचरिको बृती विकास, सेवा सुबिधा ,समायोजन, समान व्यबहार हुने बिस्वास ब्यक्त गर्नु भयो ।
निजामती सेवा ऐनमा अस्थायी करार कर्मचारीहरुको स्थायित्व बृती बिकास र लोक सेवा को नियम अनुसार स्थायी प्रकीया गर्न र सो प्रकियामा समाबेश हुन नसकेका र लामो समय योगदान गरेकाहरुलाइ अस्थायी शिक्षक लाई जस्तै उपादानको ब्यबस्था प्रस्ताव गरियको बताउनु भयको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ल्ल अध्यक्ष धनेन्द्रराज घिमिरे, पाल्पाका प्रमुख जिल्ल्ला अधिकारी जगन्नाथ पन्त , निजामती कर्मचारी केन्दिय सदस्य तथा पाल्पा इन्चार्ज नारायण भण्डारी लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भयको छ । कार्यक्रम सन्चालन युबराज ज्ञवालिले गर्नु भएको हो भने कार्यक्रम मा उपाध्यक्ष मनोज आचार्यको स्वागत बाट सुरु भएको हो ।
अधिवेशनले नया कार्यकालको लागि युवराज ज्ञवालिको अध्यक्षतामा ११ सदसिय नया कार्य समिति गठन गरेको छ । उपाध्यक्ष भोजराज राना , महिला उपाध्यक्ष सारदा जि सि ,सचिव रुकलाल भट्टराई , सहसचिव धन बहादुर राना ,कोशाध्यक्ष टङ्क प्रसाद पङ्गेनीलाई निर्बिरोध चयन गरेको छ ।
जसको खुला सदस्यहरुमा सुशील पराजुली ,धिरज पराजुली, नारायण तिमिल्सिना ,चेमन प्रकाश पोखरेल ,भोला नाथ पङेनी ,पुर बहदुर ढेगा, जनजाती सदस्य किरण ढेगा, महिला सदस्य उमा देबि आचार्य ,निरा श्रेष्ठ,बिजु जर्घा, लक्ष्मि बश्याल,श्रेणी राजेन्द्र आचार्य दलित सदस्य गौरव नेपाली ,चयन भयका छन ।
त्यस्तै केन्द्रीय प्रतिनिधि लेखनाथ अयार्ल , झपेन्द्र न्यौपाने, लक्ष्मि खनाल, मनोज आचाॠ ,टङ्क प्रसाद भण्डारीलाई अधिवेशनले चयन गरेको छ ।