
रामपुर, राष्ट्रिय एकता दिवस पुस २७ गते रामपुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै रामपुर नगरभित्रका सरकारी कार्यालयहरु तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख रमन बहादुर थापाले बताउनुभयो ।
राष्ट्रनिर्माता शाहको जन्मजयन्तीलाई सभ्य र भब्यरुपमा मनाउँदै उहाँको सम्मानमा एकदिन सार्वजनिक बिदा दिईएको हो ।
फाेटाेः फाइल