रामपुर कालीगण्डकी युवा समाजको वार्षिकोत्सब सुरु

बोली खबर   २७ पुष २०७८, मंगलवार २०:३५

दानस मल्ल

रामपुर कालीगण्डकी युवा समाज रामपुर १ स्याउलिबजार पाल्पा को १७ औं वार्षिकोत्सब शुरुभएको छ।

यहि पौष २७ देखि ३० गते सम्म बिबिध कार्यक्रम गरि मनाउन लागेको कार्यक्रमको उद्घाटन कार्यक्रम का मुख्य पाहुना नगर खेलकुद बिकास समिती पाल्पा का अध्यक्ष शन्कर बहादुर खाडले गर्नु भएको हो।समाजका अध्यक्ष नारायण कुमार मल्ल को अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा मुख्य पाहुना नगर खेलकुद बिकास समितिका अध्यक्ष शन्कर बहादुर खाड,कृष्ण मा बि पुट्टार तनहुका प्रधानाध्यापक ध्रुब राज सिग्देल,पुट्टार युनाइटेड क्लब घिरिङ्ग १ तनहुका सम्योजक हरिहर अधिकारी लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो।

समाज कार्यक्रम सम्योजक राम श्रेष्ठ को स्वागत बाट शुरु भएको कार्यक्रममा डि एन्ड जि कला केन्द्र रामपुर पाल्पा का कलाकारले सास्कृतिक प्रस्तुत गर्नु गरि रमाइलो बनाएको कार्यक्रम को सन्चालन सल्लाहकार दानस मल्ल ले गर्नु भएको हो।