कालीगण्डकी युवा क्लबको उपाधि नवलपुर डेढगाउलाई

बोली खबर   १ माघ २०७८, शनिबार ०६:२५

पाल्पा, रामपुर नगरपालिका १ स्याउलिबजारमा २७ गते देखि भलिबल प्रतियोगिता भैरहेको छ ।
शुक्रबार भएको खेलहरुमा भलिबल प्रतियोगिता ,डोरि तान्ने ,सटफुट र नृत्य प्रतियोगिता भएको छ।

जसमा भलिबल प्रतियोगितामा नवलपुर डेढगाउ प्रथम भएको छ । डेढगाउले घिरिङ गाउपालिका १को टिमलाइ बेस्ट अफ फाइब खेलमा सोझो सेटमा जित हात पारेको हो । भने उपबिजेता घिरिङ १ को समुह भएको छ ।रामपुर नगरपालिका २ खयर बोट आयोजक कालीगण्डकी युवा क्लब बिच हुने खेलमा समय अभाव भए संगै रामपुर खयरबोटलाइ निर्बिरोध तृतीय घोषणा भएको छ ।


भलिबल खेलमा प्रथम पुरस्कार ४० हजार द्धितिय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार नगद सिल मेडल प्रमाणपत्र पुरस्कृत समुहलाइ प्रदान गरिएको छ ।

बेष्ट डिफेन्डर नबिन थापा खयरबोट ,बेष्ट सेटर अभिशेख गेलाङ्ग डेढगाउ , बेस्ट व्लकर मदन थापा घिरिङ्ग १,बेष्ट सर्भर रुपेश थापा घिरिङ्ग १ ,बेष्ट स्पाइकर बिश्वास अधिकारि , बेस्ट प्लेयर आशिष श्रेष्ठ डेढगाउले प्राप्त गरेका छन।

कालीगण्डकी युवा समाजका अध्यक्ष नारायण कुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका सम्योजक नारायण प्रसाद पाठक रहनु भएको छ ।उहाँले खेल जिबनको उत्कृष्ट अङ्ग भएको बताउदै खेल स्वास्थका लागि मनोरञ्जनका लागि र अनुसासन बिकास का लागि खेलिने भन्दै आफ्नो तर्फ बाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनु भएको छ ।

डोरि तान्नेखेलमा कालीगण्डकी युवा समाज आयोजक समुह ले प्रथम पुरस्कार हात पारेको छ । दोस्रो घिरिङ १ पुट्टार उपबिजेता भएको छ । प्रथम पुरस्कार ६ हजार नगद मेडल प्रमाणपत्र , दितिय पुरस्कार ३ हजार मेडल र प्रमाण पत्र रहेको छ ।

सटफुट( ठेलो भलाइ) मा प्रथम अर्जुन राना १३मिटर ३८ सेन्टिमिटर र दितिय पुरन सिंह १३ मिटर ३६ सेन्टिमिटर कटाय संगै प्रथम पुरस्कार ५ हजार मेडल र प्रमाणपत्र द्धितिय पुरस्कार २५ सय मेडल प्रमाणपत्र प्राप्त गरेका छन ।


कार्यक्रम सम्योजक राम श्रेष्ठ को स्वागत बाट सुरु भएको हो ।कार्यक्रममा दानस मल्लले कार्यक्रम सन्चालन गर्नु भएको हो ।