वन क्षेत्रमा ठूलो दुर्घटना हुनेवाला छः अध्यक्ष पाठक (भिडियाे)

बाेली खबर   १ माघ २०७८, शनिबार ११:१९

पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रमा ठूलो दुर्घटना हुने बताएका छन् । बोली खबरसंग विशेष कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।

जनताको अधिकार सुनिश्चिका लागि आन्दोलित रहेको बताएका छन् । वन क्षेत्रको सिंगो प्राकृतिक स्रोतमा स्थानीय जनताको अधिकारी कसरी सुनिश्चित गर्नेका लागि तिनै तहका सरकारसंग संवाद तथा छलफल गरिहेको बताएका छन् ।

सामुदायिक वनको ऐन नियम, तथा नियावलीसंग सम्बन्धित रहेर गरेको कुराकानीमा नेपाल सरकारले सामुदायिक वनको नियमावली जनताको हित विपरीत ल्याएको सामुदायिक वनलाई असफल बनाउने नियामवली बनेको छ । यसको विरुद्धमा ‘वन महासंघ नेपालले पटक पटक ध्यानाकर्षण गरेका छौं यदी सच्याउनु भएन भने हामी कानुनी प्रक्रिया संविधान तथा वन ऐनको खिलापमा बनेको नियामवली प्रति सडक आन्दोलनमा जाने छौं ।’

भिडियाेमा हेर्नुहाेस्

भिडियाे ग्राफिक्स्ः प्रेमकान्छा मगर