नेकपा एमाले रामपुर नगर कमिटीद्वारा बधाइ तथा सम्मान कार्यक्रम

सन्जु देबि परियार   ३ माघ २०७८, सोमबार १७:०३

रामपुर। नेकपा एमालेको नवौं जिल्ला अधिबेशन बाट निर्वाचित जिल्ला सदस्य हरुलाइ नेकपा एमाले रामपुर नगर कमिटीद्वारा बधाइ तथा सम्मान कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर आज सम्पन्न गरेको छ।

नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मी को अध्यक्षतामा र नेकपा एमाले प्रदेश न ५ प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको प्रमुख आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम राखिएको हो। उक्त बधाई तथा सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष क. राधाकृष्ण कँडेल ,लुम्बिनी प्रदेश सांसद क.युबराज खनाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य क. टंक प्रसाद खनाल ,प्रदेश कमिटी सदस्य क. बुध्दिराज गौतम, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष क. देबिलाल लामिछाने, रामपुर नगर इन्चार्ज क. राजु प्रसाद श्रेष्ठ लगाएतले बोल्नुहुदै नेकपा एमाले एउटा सर्वहारा, श्रमजीवी र निमुखा जनताहरुको बलियो साहारा अनि यिनै जनता हरुको लागि निरन्तर खटिरहने लोकप्रिय पार्टी हो।

देशभर नै एकैसाथ विभिन्न तहमा भएका महाधिवेशन बाट निर्वाचित सम्पुर्ण पदाधिकारी हरुलाइ अझ जुझारु तरिकाले लागि पार्टी र जनताका लागि लागिपर्ने अभिभारा नेकपा एमाले पार्टीले सुम्पेको छ, यस्का लागि आ-आफ्नो तरिकाले आफुले पाएका पदिय दायरा अनुरुप खटेर लाग्ने सम्पुर्ण नवौं जिल्ला अधिबेशन बाट निर्वाचित सदस्य हरुले प्रतिबद्धता समेत दिनुभएको थियो। गत पौष २३ गतेको नवौं जिल्ला अधिबेशनमा निस्दी गाउँपालिका बाट उपाध्यक्ष पद र रामपुर नगरपालिका बाट २० जना जिल्ला कमिटी सदस्य पदमा निर्वाचित सम्पुर्ण लाई रामपुर नगर कमिटी ले आज बधाई तथा सम्मान कार्यक्रम राखेको हो।

नेकपा एमाले नगर कमिटी उपाध्यक्ष तोयानाथ शारुको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नगर कमिटी उप-सचिब इस्वरी खनालले गर्नुभएको थियोे ।