
रामपुर नगरपालिका–६ तिसमुरे, माझटोलमा १३ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ । गौतम बुद्ध चिल्ड्रेन पार्कमा रामपुर नगरपालिका ६ नं. वडाको अर्थिक सहयोगमा निर्माण गरीएको मूर्ति स्थापना गरिएको हो ।
मूर्तिको सोमबार बौद्ध परम्परा अनुसार पुजा गरी एक समारोहका विच अनावरण गरिएको हो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो ।
मूर्तिको अनावरण गर्दै प्रमुख अतिथी थापाले मूर्ति स्थापना संगै यसले ठाउँको थप पहिचान दिने बताउनुभयो । भगवना गौतम बुद्धको उपदेश व्यवहारमा लागु गर्न सकेमा व्यक्ति, समाज र मुलुक सहजै अघि बढ्ने बताउनुभयो । सन्तुष्टि सबै भन्दा ठुलो खुशी भएको भन्दै थापाले बुद्धको उपदेश सुनेर सोही अनुसारको मानविय चरित्र परिवर्तन वर्तमान आवश्यकता रहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले बुद्धको ज्ञानलाई अनुसरण गर्न सके मात्र बिकासमा छिटो फड्को मार्न सक्ने बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले स्वार्थको नभई सम्र्पणको राजनिती आवश्यक रहेको बताउँदै मूर्ति स्थापनाले विश्वले मान्दै आएको भगवान बुद्धको सम्मानमा थप टेवा मिलेको बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले पर्यटनको विकासका संगै समाज रुपान्तरणको लागि लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखरेलले धर्म संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउँदै बुद्धको उपदेश मनन गर्न सके देश साच्चिकै शान्ति क्षेत्र हुने बताउनुभयो । राष्टिय जनमोर्चा रामपुरका नगर सचिब राम प्रसाद गैरेले मूर्ति स्थापनाले सार्वजनिक सम्पत्तिको संरक्षण भएको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले यसले पर्यटक भित्र्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले यसको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघले पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै विकासको निम्ति साझा धारणा बनाउनु पर्ने बताउनुभयो । दरैठांटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बुद्धको ज्ञान वर्तमान समय र समाज संग अझै सान्दर्भिक भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा ताल पोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले पर्यटकिय क्षेत्रहरु एक आपसमा सम्बन्धीत भएकाले यसलाई बृहत पार्कको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । ज्याग्दी बृहत पार्कका अध्यक्ष ओम प्रकाश बस्यालले पर्यटनको प्रवद्र्धन र विकासको लागि सरकार संगै स्थानिय अझ बढी जिम्मेवार हुने बताउनुभयो । सुन्दर फन पार्कका अध्यक्ष सुन्दर देवकोटाले विकासको लागि स्थानीयको सहयोग र सरकारको सहजिकरण अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले निर्माणको क्रममा रहेको गौतम बुद्ध चिल्ड्रेन पार्क भित्र रहने संरचना, परिकल्पनाको बारेमा जानकारी गराउनु भएको थियो ।
गौतम बुद्ध चिल्ड्रेन पार्कका सल्लाहाकार सुदिप गैरेले खर्च सार्वजनिक गर्दै रामपुर नगरपालिका ६ बाट विनियोजित २ लाख पचास अयार र स्थानियहरुको सहयोग गरी २ लाख ९३ हजार ३ सय ४२ मा मूर्ति स्थापना गरिएको बताउनुभयो । वापा तिल बहादुर थापा माकिम मगरले बौद्ध पुजा पद्धतिको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम गौतम बुद्ध चिल्ड्रेन पार्क निर्माण समितिका अध्यक्ष अशोक गैरेको स्वागत र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।