माथागढी र रम्भा जोड्ने अगाह खोलाको गोतामे घाटमा पुल बन्ने

 रमेश राना   ४ माघ २०७८, मंगलवार १०:३१

माथागढी, पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाह खाेलाकाे गाेतामे घाटमा ट्रस पुल निमार्णको लागि सोमबार स्थलगत सर्वे गरिएको छ।

सर्वे गरिएको उक्त खोला क्षेत्रमा काठेपुल रहेकोले सोही काठेपुल जीर्ण बन्दै गएकोमा आम नागरिकहरु बर्षातको समयमा आवातजावतको लागि दिनानुदिन जोखिमपूर्ण स्थिति बेहोर्नु परेको गुनासो त्यहाँका स्थानीयवासीले बताएका थिए।

यहीँ समस्यालाई मध्यनजर गरि आम सर्वसाधारण नागरिकको जोखिमपूर्ण दैनिकीलाई मलमपट्टी गर्ने काम माथागढी गाउँपालिकाले लिनेछ गाउँपालिका अध्यक्ष सन्तोष थापाले  हाम्रो पहलमा अगाह खोलाको उक्त क्षेत्रमा पुल बन्ने भएसँगै त्यस क्षेत्रका अधिकांश नागरिकको वर्षातको दैनिकी जोखिमपूर्ण हुनेमा पूर्ण विराम लगाने बताउनु भएकाेछ । पुल निर्माणकार्यका लागि माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, ईन्जिनियर शन्देश कार्की र सब ईन्जिनियर तिलक श्रेष्ठ लगायतको टाेलीले स्थलगत सर्बे गरेका थिए। उक्त पुल यस आर्थिक बर्षमा नै सम्पन्न गर्ने योजनाको रूपमा रहेको इन्जिनियर सन्देश कार्कीले जानकारी दिनुभयो।