
पाल्पा । ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका १ का ५७ वर्षीय उजरसिंह आलेलाई मंगलवार पक्राउ गरेको छ ।
पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।
यस विषयमा अनुसन्धान भैरहेको उहाले जानकारी दिनु भएको छ