
पाल्पा। माथागढी गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना पोजिटिभ रिपोर्ट देखिएसँगै अत्यावश्यक सेवा बाहेक निरन्तर दिदैँ आएको अन्य सेवा बन्द हुने भएको छ।
गाउँपालिकाले मिति २०७८/१०/०४ गते सेवा प्रदायकहरुका लागि एक अत्यन्त जरुरी सूचना प्रकाशित गरि निरन्तर रुपमा दिदैँ आएको सेवा प्रदान गर्न नसकिने बताएको छ।
गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै मिति २०७८/१०/०७ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू प्रदान गर्न नसकिने जानकारी माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले दिनुभयो। साथै बन्द रहेको सेवाबाट सेवाग्राहीमा पुगेको असुविधा प्रती क्षमाप्रार्थी रहेको थप जानकारी समेत अधिकृत ज्ञवालीले दिनुभयो।
नेपालमा कोराना संक्रमित हुनेहरूको संख्या दिनानुदिन तीब्र रूपमा बढिरहेको छ। मंगलबार मात्र एकै दिनमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।