ईलाका प्रशासन कार्यालय रामपुरलाई औषधी व्यवसायी संघद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बाेली खबर   ६ माघ २०७८, बिहीबार २०:१३

रामपुर । नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समितिले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिडको तेस्रो लहर बढे संगै आफ्नो सामाजिक उत्तर दायित्व बहन गरेको समितिले जनाएको छ ।

जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय इलाका प्रशासन कार्यालयमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।
नेपाल औषधी व्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजकुमार श्रेष्ठ (निराेज) को अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख भगवान भक्त अर्यालले स्वास्थ सामाग्री बुझ्दै संघको प्रसंशा गर्नु भएको छ । उहाँले जनजीवन प्रभावित हुदै गैरहेको यो जटिल परिस्थितिमा संघले दिएको यि सामाग्रीले रोग सार्न र सजग रहन सहयोग पुग्ने बताउनु भएको छ ।

संघका सल्लाहकार राजु प्रसाद श्रेष्ठले कोभिड को तेस्रो भेरियन्ट आउदै गर्दा सबैले सजग रहन र माक्स सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै बिसम परिस्थितिको बेला सबै मिलेर सामना गर्दै जानु पर्ने बताउनु भएको थियो । कार्यक्रमको सन्चालन स्वास्थ्यव्यबसायी ईश्वरी बिसिले गर्नु भएको हो ।