
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले वडा नं.७,रहवास, मौलाथर क्षेत्रमा लोप हुन लागेको आरन संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले रु. ४ लाख बराबरको आरन सुधार प्रविधि हस्तान्तरण गरेको हाे।
गाउँपालिकाले प्रदान गरेको विविध आरन सुधार सामग्री प्राप्त पछि सन्तलाल बि. क.ले “हामी पुस्तौंदेखि यो पेशा गर्दै आइरहेका छौं तापनि हाल पछिल्लो पुस्तामा आईपुग्दा यो पेशाले लोप हुने स्थिति तर्फ गुजि्ररहेको छ। परम्परागत रुपले काम गर्न कठिन भएकाले पछिल्लो पुस्ता यो पेशाबाट टाढिन खोजेको गुनासो गरेका थिए। अधिकांश क्षेत्रमा आरन पेशा लोप भइसकेको र हाम्राे पनि त्यहीँ हालत हुने शंका गर्दै त्यस्तो अवस्था आउन नदिन र पेशालाई निरन्तरता दिनको लागी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले सक्दो सहयोग गरेको खण्डमा आरन पेशामा पनि नयाँपना ल्याउन सकिने बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले आरन सुधार सामग्री हस्तान्तरण गर्दै रहवासको मौलाथरमा रहेर आरन सम्बन्धि पुस्तौंदेखि निरन्तर यो पेशा गर्दै आएर पेशा प्रती रहेको बफादारिता सबैसामु परिचित गराउनसक्नु नै यी पेशा अंगाल्नेहरुको भूमिका अहम छ। पेशालाई लोप हुन नदिन यसको संरक्षण र सम्बर्द्धनको लागि गाउँपालिकाले सदैव सहयोग गर्ने समेत अध्यक्ष थापाले बताएका छन् । सहयोग प्राप्तिको लागि सबैभन्दा पहिला त त्यो पेशा अंगाल्ने समूह जागरुक भएर निश्चित योजना सहितको कार्यविधी लिएर आएमा गाउँपालिकाले कार्यान्वयनमा ल्याउन सहज हुने पनि समेत बताएका छन् र
आरन सुधार प्रविधि हस्तान्तरण कार्यक्रममा माथागढी-७, रहवास, मौलाथरका आरन पेशा गर्नेहरूको सहभागितामा रु. ४ लाख बराबरको आरन सुधार प्रविधि हस्तान्तरण माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले गरेका थिए ।
हाल रहवासको मौलाथरमा २ वटा आरन घर संचालनमा रहेको छ। उक्त आरनबाट रहवास लगायत अन्य गाउँपालिका र जिल्लामा समेत सेवा दिइरहेको छ।