
पाल्पा – जिल्लाको तानसेन–६, बर्तुङ्मा ट्याक्टरले स्कुटीलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहनुभएको छ ।
बुधबार दिउँशो २ बजे तानसेन नगरपालिका–६ बर्तुङ्मा चोक स्थित बर्तुङ्मा देखि प्रभासतर्फ जादैँ गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्याक्टर र तानसेनबाट माथागढी जाँदै गरेको लु ४६ प १६१९ नम्बरको स्कुटी ठक्कर खान जादाँ गाहा गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते गाहालाई उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्कुटीलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।