निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न

बोली खबर   १२ माघ २०७८, बुधबार १७:५९

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न भएको छ । निस्दि गाउँपालिका वडा नम्बर-६,अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण कार्य सम्पन्न भएको छ ।

निस्दी गाउँपालिका पाल्पाको यसै आर्थिक बर्षको  ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरि ४ लाख रुपैयाँको लागतमा निर्माणकार्य सम्पन्न अभएको हो ।

 

 पुरानो खेल्दै आइरहेको खेलमैदान व्यबस्थित गर्दै  वाल जालि  र फलाम टस्टको जालि समेत लगाइएको छ । अर्चलेको वडा स्तरीय खेल मैदानमा वडा कार्यालय भवन बन्ने भए पछि वडा स्तरीय छनौट खेलहरु सिमलडाँडाको खेलमैदानमा हुँदै आइरहेको थियो । अहिले खेलमैदान थप व्यवस्थित भएपछि यसको स्तर उन्नति भएको र अझ सहज रूपमा खेल सन्चालन गर्न सकिने वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ । वडा स्तरको खेलमैदानको व्यवस्था नभए सम्मका लागि वडाका छनौट खेल सिमलडाँडा टोलमा गरिने खेलकुद समन्वय समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीले बताउनुभयो ।

त्यसैगरी सोही बराबरको लागतमा निर्माणकार्य सम्पन्न भएको रनगुवा खेलमैदानमा आगामी माघ १४ गते देखि टोल स्तरीय भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।

फोटो वडा अध्यक्ष मेख बहादुर सुनारि को फेसबुक वालबाट