आलु कृषकको माग सुनुवाइ नभए आन्दोलन गर्ने

बोली खबर   १२ माघ २०७८, बुधबार १८:३१

आलु कृषकहरुको भेला मंगलबार कृषि सेवा केन्द्र रामपुरमा बसेको छ । भेलाले रामपुर चिस्यान केन्द्रमा राखिएको आलु बिगिएपछि सहजीकरण संघर्ष समिति गठन गरेको छ ।
रामपुर चिस्यान केन्द्रमा भण्डारण गरिएकाे विउ अालु विग्रिए पछि किसानले बिभिन्न चरणमा क्षतिपुर्ति माग गर्दै आएका थिए । माग गर्दै आए पनि सुनुवाइ नभएको र हालसम्म सराेकारवाला रामपुर नगरपालिका ,कृषि सेवा केन्द्र र ठेकेदार पक्षवाट समेतकुनै सुनुवाई नभए पछि कृषकहरुको भेला बसेको हो ।

मंगलबार कृषि सेवा केन्द्र प्रमुख रामहरि पाण्डेको राेहवरमा वसेकाे किसानहरुकाे भेलाले अालुसंग सम्वन्धित विभिन्न माग गरेको छ । माघ १५ गते अाईतवार सम्ममा किसानहरुको पक्षमा निर्णय नअाएमा थप अान्दाेलनका कार्यक्रम अगाडि वढाउने सहमति भएको कृषक लोकनाथ भट्टराईलेले जानकारी दिनु भएको छ । सहजीकरण संघर्ष समितिका सम्योजक सुर्य प्रसाद रेग्मि सहितको कृषकको समुहले कृषि कार्यालयका प्रमुख रामहरि पाण्डेलाइ ज्ञापनपत्र बुझाएको छ ।