
दानस मल्ल
रामपुर रामपुर नगरपालिका वार्ड न १ मा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण गरेको छ।अपाङ्गता सहयोग समितिका अध्यक्ष मिना कुमारी बङ्शी को अध्यक्षता मा भएको कार्यक्रमको मुख्य पाहुना वडाध्यक्ष मित्र लाल कडेल रहनु भएको हो।
सहयोग समितिका सदस्य मतिमाया कार्किको स्वागत बाट शुरु भएको कार्यक्रम मा मुख्य पाहुना वडाध्यक्ष मित्रलाल कडेल,नेकपा एमाले वडा कमिटी अध्यक्ष जगत ब मल्ल,नेपाली काङ्ग्रेस वडा सभापति दान ब मल्ल लगायतले बोल्नु हुँदै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो। वडा का ५५ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण गरिएको हो।कार्यक्रम को सन्चालन बिष्णु थापाले गर्नु भएको हो।