
रामपुर, प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीय देखि संघको निर्वाचन सम्म गठबन्धन संयुक्त रुपमा जानु पर्ने बताएका छन् । राष्ट्रिय सभाका नव निर्वाचित सदस्य एवं एकिकृत समाजबादीका केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा बधाई तथा शुभकामना ग्रहण गर्दै गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका हुन् ।
लुम्बिनीमा एकिकृत समाजवादी पछि रहे पनि हराउन सक्ने अवस्थामा हामी अहिले पनि पुगिसकेको दावी गरेका छन् । ‘हामी एक्लै जित्न नसके पनि हराउन सक्नेमा हामी पुगेका छौं । हाम्रो गठबन्धन स्थानीय निर्वाचन देखि लिएर संघको निर्वाचन सम्म संयुक्त रुपमा जानु पर्ने देखिन्छ ।’ नेतृत्व गर्ने मानिसहरु गलत हुनाले एमाले छाड्नु परेको बताएका छन् ।
एमाले पाल्पामा ठूलो त्याग र संघर्ष गरेको छु । आफु राष्ट्रिय सभा सदस्य बन्छु भनेर होईन पार्टी भित्रका गलत कुरालाई फाल्नु पर्छ र जनताको पक्षमा उभिनु पर्छ भनेर हामी उभिएका हौं ।’ पार्टीलाई विधि र पद्धतीमा नभै ओलीले दम्भको भरमा चलाएकाले अहिलेको अवस्था सृजना भएको बताएका छन् ।