निस्दी गाउँसभाले विभिन्न विधाका उत्कृष्टलाई सम्मान (सुची सहित)

प्रेमकान्छा मगर   १७ माघ २०७८, सोमबार १६:५१

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले दशौं गाउँसभामा विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गरेको छ । गाउँसभाले विद्यालयमा कार्यरत लेखापाल र बालबिकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक तलबमा समेत वृद्धि गरेको छ ।

माघ १६ गते आइतबार बसेको गाउँपालिकाको दशौं गाउँ सभाले उत्कृष्ट कर्मचारी देखि कलाकार, शिक्षक, कृषक, स्वास्थ्यकर्मी तथा खेलाडीलाई समेत पुरस्कृत गरेको छ ।

उत्कृष्ट हुनेहरुमा, निस्दी गाउँपालिकामा कार्यरत कर्मचारीतर्फ, सरोज काफ्ले, विपिन जिसी, सहवीर खन्गाहा, मनोज लामिछाने र शोभा फाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ । त्यस्तै स्वास्थ्यकर्मीतर्फ रेम बहादुर दिशा र चतुर्धन सारु सम्मानित भएका छन् । विद्यालयको प्रधानाध्यापकतर्फ चित्र सिंह आले सम्मानित भएका छन् । त्यस्तै शिक्षकतर्फ गिम बहादुर जर्घा र तमसरी खाम्चालाई गाउसभाले सम्मानित गरेको छ ।

निस्दी गाउँपालिका जन्म भई कलाक्षेत्रमा निस्दीलाई चिनाउन सफल हुने कलाकारतर्फ हुम गैरे र धन माया दिशुवा सम्मानित गरेको छ ।
निस्दी गाउँपालिकामा रहेर पालिकाको हरेक सुचना तथा सामाचार सम्प्रेषण गर्न भुमिका निर्वाह गरेका पत्रकारहरु धनबहादुर ठाडा र होम बहादुर रार्ई सम्मानित भएका छन् । त्यस्तै खेलाडीतर्फ हिमाल सुनारी र विजय परियारलाई पुरस्कृत गरेको छ ।

गाउँसभामा बचत तथा ऋण सहकारी संस्थाबाट सामुदायको आर्थिक, सामाजिक तथा जीवस्तर समृद्धि बनाउन टेवा पुर्याउने इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था झिरूबासलाई पुरस्कृत गरको छ । साथै उपभोक्ता समितितर्फ रानीटर काठेपुल निर्माण उपभोक्ता समिति ज्यामिरे । कृषक समुहतर्फ नमुना कृषक समुह झिरुबास समूहलाई पुरस्कृत गरेको निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताएका छन् । सम्मानित हुने सम्पूर्णलाई नगद १० हजार रुपैयाँ राशी सहित सम्मान पत्रले सम्मान गरेको हो ।