
पाल्पा, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले रामपुरले बेझाँडमा सरकार विरुद्ध मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगरकमिटी तथा अनेरास्ववियु रामपुरले सोमबार साँझ मूल्य वृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुर अधिकारीले सरकारको गैर संबैधानिक काम तत्कार रोक्नु पर्ने भन्दै सरकार स्थानीय निर्वाचनबाट पछि नहट्न चेतावनी दिएका छन् । सत्ता बाहिर रहदा एमसीसी देशको हित विपारित रहेको बताउनेहरु अहिले सरकारमा हुदाँ गुपचुप पास गर्न आतुर रहेकाले यसको लागि युवासंघ चुप लागेर नबस्ने बताएका छन् ।
राष्ट्र र राष्ट्रियताको सवालमा केपि ओलिले गरेका कामका कुरा गर्दै नयाँ नक्सा, पारवहन सन्धि, अस्पताल, जस्ता बिषय उठाउदै बर्तमान सरकारका कारण देश खाल्डोमा जानबाट बचाउन पुन नेपाली जनता सडकमा आउनु पर्ने बाध्यता भएको बताएका छन् ।
अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शंकर गौतम र राष्ट्रिय युवा संघ नेपाल पाल्पाका जिल्ला अध्यक्ष टिका थापाले सम्बोधन गरेका छन् । केन्द्रीय सचिव अधिकारीले गठबन्धन सम्बद्ध वर्तमान सरकारले विभिन्न बाहानामा स्थानीय चुनाव नगराउने प्रयास गरिर रहेको प्रति विरोध गरेका छन् । उनले वर्तमान सरकार राष्ट्रियता, विकासको पक्षमा नरहेको बताउँदै जनतालाई सजग रहन आग्रह गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल रामपुरका अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा भएको मसाल जुलुसमा सहभागीहरुले मूल्य वृद्धि, भ्रष्टचार, वैदेशिक हस्तक्षेप, सरकारको असंवैधानिक कदम, मन्त्रीहरुको गैर जिम्मेवार अभिव्यक्तिको विरुद्धमा नारा लगाउँदै सरकारको राजिनामाको माग समेत गरेका थिए ।
रामपुर नगरपालिका ५ बेझाँड नहर अफिसबाट सुरु भएको मसाल जुलुस बेझाँड बजार चोकमा आएर कोण सभामा परिणत भएको थियो