
पाल्पा रामपुर
पाल्पा – जिल्लाको निस्दी गाउँपालिकालाई यसैवर्ष खरको छानोरहित गाउँपालिका बनाउने अभियान शुरु गरिएको छ ।आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम अनुसार निस्दीलाई खरको छानो मुक्त घर बनाउने उद्देश्यले गाउँपालिकाभरि प्रत्येक घरधुरीलाई कर्कट पाता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभएको छ ।

गत वर्षको तथ्यांक अनुसार निस्दीमा २८३ घरमा खरको छानो रहेको प्रवक्ता सुनारीले बताउनुभयो । संसारलार्इ रूवायकाे काेराेना भाइरसकाे असरका कारण याे कार्यक्रम समयमा हुन नसकेकाे बताउनु हुदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु ले खरको छानो हुने प्रत्येक घरधुरीलाई २४ पाताको दरले निलो रङ्गको कर्कट पाता वितरण गरिएको जानकारी गराउनु भएकाेछ । उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष जङ्गलबाट खर काटेर छाउनुपर्ने, विस्तारै खर हराउँदै गएको र स्थानीय जनताले सास्ती खेप्नुपरेकोले गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । ’ जङ्गलको काठ दाउरा पनि संरक्षण हुने भन्दै जनताहरुको माग र आवश्यकता अनुसार अभियान शुरु गरिएको प्रष्ट पार्नुभएको छ ।

निस्दीले यस वर्ष कर्कटपाता वितरण गर्नको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको प्रशासकीय प्रमुख भगवान भक्त अर्यालले जानकारी गराउनुभयो । ‘यो साल घर जसरी पनि छाउनु परेको, खर कहाँ खोज्ने होला भन्ने लागेको थियो । गाउँपालिका बाट कर्कटपाता पाएपछि खुशी लाएको छ’– अर्चलेका याम बहादुर सारुले बताउनुभयो । यस वर्ष निस्दीको बाकामलाङ्गमा सबैभन्दा धेरै ६९ घरधुरी, सहलकोटमा १८ घरधुरी, झिरुबासमा ३८ घरधुरीलाई कर्कटपाता वितरण गरिने छ । त्यसैगरी मित्यालमा ३५ घर, गल्धामा ३८ घर, अर्चलेमा ३५ घर र ज्यामिरेमा ५१ घर गरि कुल २८३ घरपरिवारलाई वितरण गरिएको हो ।

यसैबीच निस्दी गाउँपालिकाले २ सय २० घरपरिवारलाई फलामको सुधारिएको चुल्हो समेत वितरण गरेको छ । नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रद्वारा लक्षित वर्गका लागि वितरण गरिएको प्रवक्ता सुनारीले बताउनुभएको छ । जसमा वडा नम्बर ६, अर्चलेलाई १ सय १० र वडा नम्बर ४ मित्याललाई १ सय २० घरपरिवारलाई अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गरी अाजनै निस्दी २ सहलकाेटका ४ घर परीवारलाइ साेलार बितरण गरीएकाे छ । उज्यालाे निस्दी अन्तरगत ०७६।०७७ काे रकम बाटै याे बितरण गरीएकाे हाे । चैत्र महिनाकाे सुरूवात सगैँ भएकाे लकडाउनले गर्दै गत बर्षकाे कार्यक्रम पनि यस बर्ष गरीएकाे हाे ।