निस्दीमा कर्मचारीलाई कोभिड १९ पुष्टि अत्यावश्यक बाहेकका सेवा बन्द

बाेली खबर   १९ माघ २०७८, बुधबार ०८:१२

पाल्पा । निस्दी गाउँपालिका पाल्पाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ देखिएपछि आगामी माघ २० देखि २३ गतेसम्मको लागि अत्यावश्यक स्वास्थ्य तथा पशु बाहेकका सबै सेवा स्थागन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताएका छन् ।

यसभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गरी नियमित रूपमा सेवा प्रवाह गर्दै आएको थियो । गाउँपालिकामा कार्यरत केहि कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएको तथा अन्य कर्मचारीहरुमा समेत लक्षण देखा परेकोले थप संक्रमण फैलिन नदिन अत्यावश्यक स्वास्थ्य तथा पशु बाहेकका सबै सेवाहरु स्थागन गरेकाे पालिकाद्वारा सूचना जारी गरिएकाेछ ।