माथागढीका विद्यालय माघ-२४ देखि संचालन हुने

रमेश राना   २० माघ २०७८, बिहीबार २०:४०

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले पछिल्लो अवस्थामा फैलिरहेको कोरोना संक्रमणका कारण केही दिन यता बन्द रहेको गाउँपालिका भित्रको सबै विद्यालयहरूले वैकल्पिक शिक्षण सिकाई विधि अवलम्बन गरि पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ।

देशमा आकस्मिक रूपमा बढ्दो कोरोना संक्रमणले अधिकांश विद्यालयहरू बन्द रहेको थियो। संक्रमणको जोखिम अझै कायमै रहेकोले कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस बमोजिम गृह मन्त्रालयको पछिल्लो निर्णय समेतको आधारमा मिति २०७८/१०/ २४ देखि सम्पूर्ण शिक्षकहरू विद्यालयमा अनिवार्य रूपमा उपस्थित भइ वैकल्पिक शिक्षण सिकाई विधि अवलम्बन गरि पठनपाठन सुचारु गरेका थिए ।

माथागढी गाउँपालिका शिक्षा समितिको मिति २०७८/१०/२० गते बसेको भर्चुअल छलफलबाट मन्त्रालयले गरेको निर्णय अनुसार विद्यालयहरुले बैकल्पिक शिक्षण सिकाइ विधि अवलम्बन गरि पठनपाठन कार्यमा लाग्न गाउँपालिकाले आव्हान गरेको छ।

माथागढी गाउँपालिकाका विद्यालयहरु अन्य विद्यालयहरु बन्द रहेको अवस्थामा समेत पनि विद्यार्थीहरुको पढाइलाई महत्त्वमा राखी केही दिन यता मात्र बन्द भएको थियो। भने कोरोना संक्रमणदर उच्च नै रहेकोले विद्यार्थीहरुको उपस्थिति भौतिक रुपमा नहुने संकट व्यवस्थापन समन्वय केन्द्रले जनाएको छ।