
पाल्पा । रामपुर नगरपालिका वडा न.५ को दलित बर्ग उत्थान वडा समन्वय समितिले शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ।
रामपुर नगरपालिका वडा न ५ को दलित बर्ग उत्थान समन्वय वडा समन्वय समितिका अध्यक्ष गणेश सुनारको अध्यक्षता र रामपुर नगरपालिका वडा न ५ का वडाअध्यक्ष हिमाल मल्लको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको हो।
सदियौ देखि उत्पीडनमा पारिएको दलित समुदायको स्तरउन्नतमा जोड पुर्याउने उध्देस्यले रामपुर नगरपालिकाले लक्षित बर्ग अन्तर्गतको बिनियोजित बजेट बाट दलित समुदायको बालबालिका हरु शिक्षा जस्तो सुनौलो घामबाट बन्चित हुन नपरोस भनेर रामपुर नगरपालिका वडा न ५ भित्रका ३४ जना बिपन्न तथा जेहेन्दार विद्यार्थी भाइबैनी हरुलाइ शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी र कलम बितरण गरिएको हो।
शिक्षा जस्ले हरेक क्षेत्र, सामाजिक , आर्थिक , नैतिक लगाएत चौतर्फी बिकासमा टेवा पुगोस र पछाडी पारिएका समुदाय लाई विभिन्न तहगत रुपमा बजेट पारित गरि ब्यक्तित्व बिकास संगसंगै आर्थिक रुपमा बलियो भइ आफू प्रती अनि समुदाय प्रती भएका असमानता विरुद्ध डटेर लाग्ने क्षमता अभिवृद्धि होस भन्दै कार्यक्रमका प्रमुख अतिथि हिमाल मल्ल , दलित बर्ग उत्थान नगर समन्वय समितीका अध्यक्ष धन बहादुर सुनार, वडा न.५ दलित महिला सदस्य माया नेपाली , वडा सदस्य बिस्णु प्रसाद बस्याल , दलित बर्ग उत्थान नगर समन्वय समिति सचिब सन्जु परियार, दलित बर्ग उत्थान नगर समन्वय समिति सदस्य वसन्त नौभाय, दलित बर्ग उत्थान नगर समन्वय समिति पुर्ब अध्यक्ष तथा हाल सल्लाहकार सदस्य अर्जुन सुनार , लगाएतले आ- आफ्ना भनाइ हरु राख्नुभएको थियो। दलित बर्ग उत्थान वडा न. ५ वडा समिती सचीव बिमला नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको शैक्षिक सामाग्री बितरण कार्यक्रमको संचालन शंकर सुनारले गर्नुभएको थियोे ।