असल संस्कारको संरक्षणमा महिलाको भुमिका सम्बन्धि १ दिने प्रशिक्षण

सन्जु देवी परियार   २६ माघ २०७८, बुधबार १४:४०

पाल्पा । स्याङ्जाको चापाकोट नगरपालिकाको न्यायीक समितिको आयोजनामा चापाकोट वडा न. ६र ७ मा संयुक्त रुपमा धर्म संस्कृति र असल संस्कारको संरक्षणमा महिलाको भुमिका सम्बन्धि १दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

चापाकोट नगरपालिका वडा न. ६ का वडाअध्यक्ष एकदेब भट्टराईको अध्यक्षतामा र रामपुर नगरपालिकाको उप- प्रमुख बिस्णु देबि घिमिरे आचार्यको प्रमुख आतिथ्यतामा राधा आमा समुहको सभा हलमा कार्यक्रम भएको हो। महिला भनेका समाजका अभिन्न अंग हुन महिला बिना हरेक कुरा अपुरा हुन्छन् , घर परिवार देखि अन्य विभिन्न क्षेत्रमा महिला सहभागिता अपरिहार्य हुन्छ । अझै भन्नुपर्दा परम्परा संस्कृति जगेर्नाका लागि त महिला नै दक्ष अनि बढी अनुभवी हुन्छन् ।

परिबर्तित समय संगसंगै आधुनिकताले गर्दा हाम्रा मुल्य मान्यता , धर्म अनि संस्कारमा केही कमि आएका हुन कि भन्ने भान भैरहदा त्यसको संरक्षण अनि प्रबर्द्धनका निम्ति यस्ता खाले कार्यक्रम आयोजना भैरहनु अहिलेको आवस्यकता पनि रहेकोे र यस कार्यक्रम आयोजना गरिनुले समाजमा महिलाको उपस्थिति अनि सहकार्य नितान्तै आवस्यक छ भनेर जनाइनु पनि हो भन्दै कार्यक्रमको प्रमुख अतिथी रामपुर नगरपालिका उप- मेयर बिस्णु देवि घिमिरे आचार्य , चापकोट नगरपालिका उप- मेयर बिमला श्रेष्ठ , मन्जु गैरे , ज्ञानेश्वर बस्ताकोटी ,हरिबाबु पोख्रेल लगाएतले आ- आफ्नो भनाइ राख्नुभएको थियोे ।