निस्दीको सहलकोटमा परिवार नियोजन शिविर सम्पन्न

धनबहादुर ठाडा   २६ माघ २०७८, बुधबार १४:५९

पाल्पा । निस्दीको सहलकोटमा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो ।

सोमबार बालहित माध्यमिक विद्यालयमा भएको शिविरमा ३० जना महिलाहरूले सेवा पाएका छन । शिविरमा २३ जना महिला दिदीबहिनीहरुले इम्पलान्ट र ६ जनाले आइयुसिडी राखेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । साथै १ जनाले इम्पलान्ट झिकेको छ । शिविर पालिकाको विभिन्न स्वास्थ्य चौकीमा यहीँ माघ २७ गतेसम्म गतेसम्म सञ्चालन हुनेछ ।