निस्दीमा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न

धनबहादुर ठाडा   २७ माघ २०७८, बिहीबार २१:०२

पाल्पा । निस्दी गाउँपालिका पाल्पामा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो ।

शिविरमा १ सय २४ जना महिलाहरूले सेवा पाएका छन । शिविरमा १ सय १ जना महिला दिदीबहिनीहरुले इम्पलान्ट र १३ जनाले आइयुसिडी राखेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । साथै ७ जनाले इम्पलान्ट र ३ जनाले आइयुसिडी झिकेको छ । गत सोमबारदेखि पालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको हो ।