
पाल्पा । पाल्पाको तानसेनमा भएको ८ औ जिल्ला अधिवेशनबाट प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष कृष्ण कार्की सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन।
प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत निर्वाचित भएका हुन। उपाध्यक्षमा वन्दना पोखरेल र बिष्णु प्रसाद घिमिरे सचिव नारायण न्यौपाने, सहसचिवमा सन्तोष ज्ञवाली र धन बहादुर ठाडा तथा कोषाध्यक्षमा नेत्र गैरे निर्वाचित भएका हुन। यस्तै कार्यसमिति सदस्यमा भुवन रायमाझि, शोभाकान्त पाठक, जनकराज भट्टराई, कृष्ण पौडेल, डिल्लीराज पंगेनी, रीमा सौमै, सुनिल कार्की, विजय बौडेल, सुवास बि सि र दिल बहादुर गाहा मनोनित सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै प्रदेश प्रतिनिधि पदमा राजेन्द्र लिगल, गीता ज्ञवाली, केशवराज नेपाल र राम प्रसाद न्यौपाने निर्वाचित भएका छन । प्रेस चौतारीको केन्द्रीय प्रतिनिधिमा नरभुपाल विक, किरण कौशल, र वन्दना पोखरेल निर्वाचित भएका छन।