रामपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवाको ज्यान गयो

बोली खबर   ५ फाल्गुन २०७८, बिहीबार ०५:३५

पाल्पा। पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार एक युवाको ज्यान गएको छ । बुधबार साझ करिब ९ बजेको समयमा दुर्घटनामा परी रामपुर नगरपालिकन-४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पा रामपुर नगरपालिका-४ स्लामपुर स्थित बागेपसलबाट सदावर्त तर्फ जादै गरेको अवस्थामा प्रदेश ३०२-००८ प २९८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडक कुनामा रहेको नालीमा पल्टिएको थियो । घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले उद्दार गगरी रामपुर अस्पतालमा पठाईएकोमा अस्पतालले सार्कीलाई मृत घोषणा गरेको हो । मोटरसाईकल चालक जिवनको टाउको, हात र खुट्टामा चोट लागि अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गम्भीर घाइते जिवनलाई थप उपचारका लागि लुम्बिनि मेडीकल कलेज प्रभासमा ल्याइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।