
पाल्पा । मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि पोष्टमार्टमको विषयलाई लिएर रामपुर अस्पतालमा विहिबार स्थानीयले ताला लगाएको छ । बुधबार साँझ मोटरसाईकल दुर्घटनामा मृत्यु भएका पुरुषको शव पोष्टमार्टम गर्न नसकिने बताए पछि स्थानीयले अस्पताल घेराउ सहित तालाबन्दी गरेका थिए ।
अस्पतालका डाक्टर विदामा बसेर समयमै पोस्टमार्टम नगरी विहिबार दिउँसो मात्रै बुटवल लैजान भनेपछि तालबन्दी गरेको स्थानिय बिजय श्रेष्ठले बताएका छन् । श्रेष्ठले अरु बेला अस्पताल मै पोस्टमार्टम हुने गरेता पनि सबै डाक्टर विदामा बसी सेवा नदिएको र पोस्टमार्टम गर्न बुटवल लैजानु भनेपछि स्थानिय स्थानीयहरु आक्रोसित भएको बताए ।
अस्पतालका डाक्टर विदामा रहेको र भएका डाक्टर मध्ये एक जना अप्रेसन कक्षमा भएको र अर्का डाक्टरले पोष्टमार्टम गर्न नमिल्ने बताए पछि स्थानियहरु आक्रोसित बनेका थिए । उनीहरुले डाक्टरहरुको क्वाटर, प्रशासनमा तालाबन्दी गरेका थिए । अन्तत अस्पताल विकास समिति, प्रशासन, जनप्रतिनिधीको र पिडित पक्षको छलफल पछि ताला खुलेको छ ।
अस्पताल घेराउ गरेपछि केही बेर अस्पताल आसपासको क्षेत्र तनावग्रस्त भएको थियो । स्थानीयले सहयोग गर्ने प्रतिवद्धता पछि दुर्घटनामा मृत्यु भएको पुरुषको साँझ पोष्टमार्टम भएको छ । इस्लामपुरमा भएको दुर्घटनामा रामपुर ४ भिमसेनटोलका ४२ वर्षिय प्रेम बहादुर सार्कीको मृत्यु भएको थियो । पोष्टमार्टम पछि शव बुझेर परिवारले बिहिबार अपरान्ह अन्टेष्टी गरेका छन् ।