

काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गरेका हुन्।
संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो। त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले पनि संसदमा नाराबाजी गरिरहेका छन्।