
पाल्पा । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएका आफन्तहरुलाई राहत रकम हस्तान्तरण गरेको छ । निस्दी गाउँपालिका मित्याल पाल्पाले एक कार्यक्रम बीच उक्त रकम हस्तान्तरण गरेको हो ।
कोभिड–१९का कारण ज्यान गुमाएका आफन्तहरुलाई गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले हस्तान्तरण गरेकोे हो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार कोभिड–१९ का कारण मृत्यु हुने विभिन्न वडाका ७ जनालाई राहत रकम हस्तान्तरण गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताएका छन्
यस अघि वडा नम्बर–३, झिरुबासका ओम बहादुर खण्डलुक, सोही ठाउँकै चामी सोती र जोनी सरा सोती कोभिडकै कारण मृत्यु भएका थिए । त्यसैगरी वडा नम्बर–५, गल्धाका धन बहादुर खण्डलुक, धन बहादुर राई र वडा नम्बर–७, ज्यामिरेका मन बहादुर सोमै र तुली सरा आलेको समेत मृत्यु भएका थिए ।
मृतकका आफन्तहरुलाई जनही २५/२५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताएका छन् ।