महेन्द्र नरेश मा.वि,रहवासको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

रमेश राना   ११ फाल्गुन २०७८, बुधबार १६:३२

पाल्पा । महेन्द्र नरेश माध्यमिक विद्यालय माथागढी पाल्पाको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
विद्यालयले विद्यार्थीहरु बीच खेलकुद प्रतियोगिता, सदनात्मक हाजिरीजवाफ प्रतियोगिता, टोलस्तरीय भलिबल प्रतियोगिता, रेकर्डिङ नृत्य साथै वक्तृत्वकला प्रतियोगिता सहितको ५ दिने कार्यक्रम गरि वार्षिकोत्सब मनाएकोछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्त बहादुर बरालको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक छबिन्द्रलाल बि.कले विद्यालयको समग्र पाटोलाई समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य नुर बहादुर दर्लामी प्रमुख अतिथीमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि वडा सदस्य दर्लामीले विद्यालयले हरेक क्षेत्रबाट राम्रो गरि अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्दै यस विद्यालयका प्र.अ. छबिन्द्र विक. गाउँपालिकाको उत्कृष्ट प्र.अको रुपमा चयन भएकोले पनि विद्यालयको हरेक पक्ष राम्रो रहेको आंकलन त्यसैबाट गर्न सकिने बताए । वडा सदस्यको नाताले वडाबाट दिन र पु¥याउन सकिने सहयोग आफूबाट गरिने पनि दर्लामीले बताएका छन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुका साथै टोल स्तरीय भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः ओखरीगौंडा, मटेरी र थानसिंङ टोललाई प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यक्रमका अध्यक्ष र प्र.अले पुरस्कार प्रदान गरिएको थियो ।