रामपुर नगरपालिका १ ले जेष्ठ नागरिक सम्मान गर्यो

बोली खबर   १३ फाल्गुन २०७८, शुक्रबार ०५:३३

जेष्ठ नागरिक न्यानोकपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न १मा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा तिर्थ यात्रा कार्यक्रमको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा भएको हो ।

न्यानो कपडा बितरण आयोजनाका सचिब थान बहादुर बङ्सिको स्वागत बाट सुरु भएको कार्यक्रम मा
वडा अध्यक्ष मित्रलाल कडेल प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि कंडेलले बोल्दै दीर्घ जिबन सुस्वास्थ्य को कामना गर्दै आशिर्वाद दिन हुन अनुरोध गर्नु भएको छ ।

त्यस्तै गरी कार्यक्रममा नेकपा एमाले वडा कमिटि अध्यक्ष जगत बहादुर मल्ल , सन्चारकर्मी बन्दना पोखरेल र कृष्ण प्रसाद पौडेलले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

अध्यक्ष दान बहादुर उचै अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका २०० जना ७० बर्ष नागेका जेष्ठ नागरिकहरुका लागी न्यानो कपडा बितरण गरिएको हो । वडा न १को २ लाख बजेटबाट कपडा बितरण गरिएको कार्यक्रममा ८५ बर्षीया ज्ञान बहादुर दर्लामीलाइ सामाग्री हस्तान्तरण गरि कार्यक्रमको सुरु गरिएको थियो भने कार्यक्रमको सन्चालन
वडा सचिब तारा पोखरेलले गर्नु भएको हो ।