
बन्दना पोखरेल पाल्पा रामपुर कार्तिक २२
जलदेवि सामाजिक महिला उद्यमी सहकारी निस्दी २ सहलकोटको अन्तरकृया छलफल सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा गाउँगाउँमा महिलालाई आर्थीक संबृद्धि तफ लैजान खोलिएको सहकारि हो जलदेवि सामाजिक महिला उद्यमी सहकारी ।

अन्तरकृयामा गत आर्थिक बर्षमा सहकारीले गरेको कारोवार ,बेचेका स्थानिय केडागुुडि र खसि बोका बाख्राका विषयमा कुरा उठेका थिए। हेफर ईन्टर नेशनल नेपालका कार्यक्रम प्रवन्धक अनन्त सिलुवालको उपस्थितिमा कार्यक्रम भएको हो । प्रमुख अतिथिको रुपमा उपस्थित सिलबालले महिलाहरुलाई नेतृत्वको र आफ्नो क्षमता देखाउने अवसरका रुपमा महिला सहकारीलाई लिनका लागि आग्रह गर्दै आत्मनिर्भर हुन तर्फ लाग्न सुझाउनु भएको छ । सिलबालले महिलाहरुले बाख्राको माउ बृद्धि गर्न र बेच्दा कसैलाई घाटा नहुने गरि जिउदोँ बाख्रा तैलेर नै बेच्न पर्ने भन्दै सहकारी मार्फत सवैले बाख्रा बेच्ने बनाउन उत्प्रेरणा जगाउन लाग्नु पर्ने समितीलाई सुझाबदिनु भएको छ ।

ग्रामीण आर्थीक विकास संघ रेडाको कार्यक्रम प्रवन्धक प्रेम गोदारले ग्रामीण भेगमा रहेका महिलाहरुलाई राज्य तहमा आर्थीक रुपमा एक ईट्टा थपीने उद्धेश्य रहेको यो कार्यक्रममा प्रत्यक्ष फाईदा कृषक दिदिबैनिलाई नै हुने भएकाले बाख्रा पाल्न र वजारिकरण समस्या आएमा सुल्झाउन मदत गर्ने बताउनु भएको छ । अन्तरकृया छलफल कार्यक्रममा हेफर ईन्टर नेशनल नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्योैपाने, ग्रामीण आर्थीक विकास संघ रेडाका निरन्जन पंगेनि , जनविकास तथा परिचालन केन्द्र पाल्पाका देविलाल लामिछाने लगाएतले आफ्ना कुरा राख्नु भएको थियो ।

सहकारीका अध्यक्ष राममायाँ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक निर्मला बाकाबल ले गत बर्ष २०७६।०७७ असार सम्ममा यस सहकारी मार्फत ४०० सय खसि बोका विक्री गरेको बताउनु भयो । जसको मुल्ये रहेको थियो भने ३९ लाख २० हजार बराबर रहेको छ । यस वर्ष साउन यता सहकारी मार्फत २५० वटा खसि बोका बाख्रा बिक्री गरेको छ । ५ हजार १ सय ३२ केजि तौल विक्री गर्दा १५ लाख ८९ हजार४५० बराबरको रकम गाउँमा भित्रीएको हो । व्यवस्थापक बाकाबल अनुसार सवै भन्दा वढि यमसरी पुलामीले ६ वटा ९० हजार बराबरको विक्री गर्नु भएको जानकारी अन्तरकृयामा दिनु भएको छ ।
सहकारीमा ४सय ८० शेयस सदस्य रहेको छ भने १करोड ३७ लाख बराबरको कारोवार रहेको बताउनु भएको छ । अन्तरकृयामा सस्थाका समीति सदस्यहरु समाजिक व्याक्तीत्व पत्रकारको उपस्थिति रहेको थियो ।